जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौँको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन् ।
काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन् ।
उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो ।
उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।
वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए ।
तर बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोेडेर हेर्दा युवती मृत फेला परेकी थिइन् ।
सँगै बसेका देवबहादुर भने फरार थिए ।
देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए।सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।