जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिलो पटक फ्रान्समा नेवाःगुठी फ्रान्स गठन

जन्मभुमि खबर ,
पोखरा ।

फ्रान्समा पहिलो पटक नेवाःगुठी फ्रान्सको गठन गरिएको छ । शुक्रबार फ्रान्समा भएको भेलाले दीपक महर्जनको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

नेवाः समुदायको भेष–भुषा, पहिचान र संस्कृतिलाई बचाउँदै सामाजिक कार्यहरुमा अग्रसर हुने गरि गठन गरिएको गुठीको उपाध्यक्षमा रविराज श्रेष्ठ, महासचिवमा मीन श्रेष्ठ, कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह–कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा रन्जीत श्रेष्ठ, कमल श्रेष्ठ, निता डंगोल, सोनिया श्रेष्ठ, श्रीराम श्रेष्ठ र रन्जन खोटेजा छन ।
यस्तै भेलाले ९ सदस्यीय सल्लाहकारमा चयन गरेको छ । गुठीको सल्लाहकारमा मुकुन्द अमात्य, कवीन्द्र कायस्थ, अनिता शाक्य, रामेश्वर श्रेष्ठ, सुरज श्रेष्ठ, शालु श्रेष्ठ, मिरा महर्जन, सुमित्रा प्रधान र रिना श्रेष्ठलाई चयन गरेको संस्थाका महासचिव मीन श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा बोल्दै उनले नेवाः समुदायको आफ्नो मौलिक भेष–भुषा, पहिचान र संस्कृतिलाई बचाउँदै सामाजिक कार्यहरू गर्दै जाने उद्देश्यले गठन गरिएको गुठीले नेवारी समुदायको पहिचान र संस्कृतलाई आम नेपाली समुदायमा फैलाउन विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे ।