जन्मभुमि खबर ,
पोखरा ।
कास्की प्रहरी हिरासतमा रहेको रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर प्रहरीले लिक गरेको छ । सिसिटीभी फुटेजबाट लिइएको स्कृनसटमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् ।
हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोवाइल फोन गेटमा राखेर पठाउने गरेको कास्की प्रहरीले रवि लामिछाने हिरासतमा भएको फोटो भने आफै लिक गरेको छ ।
तस्बिर बाहिरिएसँगै रास्वपाका नेताहरुले हिरासतमा रहेका लामिछाने असुरक्षित रहेको दाबी गरेका छन् ।
कास्की प्रहरीले रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर कसलाई प्रमाणकारुपमा पठाउने लागेको हो भन्दै प्रश्न गरेका छन् ।