तोलामै दुई हजार चारसय रुपैयाँले घट्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
सुनचाँदीकै मूल्य आज थप घटेको छ। स्थानीय बजारमा आज सुनको भाउ तोलामै दुई हजार चारसय रुपैयाँले घटेको हो ।
हिजो सुन तोलामा एक हजार रुपैयाँ घटेको थियो। आइतबार पनि सुनचाँदीकै मूल्य घटेको थियो। विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो ।
आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। हिजो तोलाको एक हजार घटेको सुनाको भाउ आज २४ सय रुपैयाँ घटेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय २५ रुपैयाँ छ ।