जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् ।

पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका उनी मंगलबारमात्रै भारतबाट पोखरा आएका थिए ।

स्विमिङ पुलबाट उद्धार गरेर उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।