जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतमा नेपाली सवार बस दुर्घटना, पाँचजनाको अवस्था गम्भीर

जन्मभुमि खबर ,
पोखरा ।

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार बिहान बस दुर्घटना भएको हो ।

बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । २५ जना घाइते भएको जनाइएको छ । दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।