गण्डकीको मुख्यमन्त्रीमा दोस्रोपटक सुरेन्द्रराज पाण्डे नियुक्त
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सर्वोच्चले सोमबार ४८ घण्टाभित्र धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो ।
न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।
सुरेन्द्रराज पाण्डे दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।