सुनको मुल्यमा पुन : १४ सयले वृद्धि
जन्मभुमि खबर ,
पोखरा ।
सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।
यता चाँदीको पनि २० रुपैयाँले मूल्य बढेको छ ।
योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ३५ र चाँदी २७.५६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।