जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर सुनकाे मुल्यले बनायाे कीर्तिमान

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबार सुन चाँदीको मूल्यले पुनः कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै बिहिबार १ लाख ३५ हजार ९ सय ५० रुपैँया प्रतितोलामा कारोबार भएको तेजावी सुनमा पनि तोलामा २४ सय रुपैयाँले बढेको छ । शुक्रबार नेपाली बजारमा तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।