जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने एक लाख ३६ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी बिहीबारका लागि पनि समान मूल्य निर्धारण भएको छ ।