जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उच्च मुल्य कायम भएको सुनको मुल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ ।

शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । हिजो शनिवार अस्तिकै भाउमा कारोबार भएकोमा आज पनि यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले बताएकाे छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ ।

यस्तै आज चाँदीको भाउ पनि घटबढ भएको छैन । शुक्रवारकै भाउ तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।