जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अमेरिकामा दुई सवारी ठोक्किँदा एक नेपाली महिलाको मृत्यु, चार जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

अमेरिकामा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ।

मेरिल्याण्डमा दुई सवारी आपसमा ठोक्किँदा पार्वती रेग्मी पौडेलको मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

४६ वर्षीया पौडेल अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा परिवारसहित बस्दै आएकी थिइन्। पति सन्दीप पौडेल, छोरा शिशिर र छोरी शिवानीसहित उनी अमेरिकामा बस्दै आएकी थिइन्।

गत आइतबार भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा पौडेलका आफन्त पनि छन्। पौडेलको उपचारको क्रममा मृत्यु भएको हो।

वाशिंगटन डिसी घुमेर न्यूयोर्क घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा उनको मृत्यु भएको बताइएको छ।