जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निर्मला पन्तलाई न्याय दिनुपर्ने छ, त्यसमा लागिरहने छुः रवि लामिछाने

जन्मभुमि खबर ,
पोखरा ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाको मिहिन अनुसन्धान भैरहेको बताएका छन् ।

आज  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै लामिछानेले पहिलो पटक गृहमन्त्री हुँदाको पहिलो निर्णय भएकाले आफूले गम्भिररुपमा हेरिहेको बताए ।  सुरुआती अनुसन्धानमा ट्रयाकबाहिर जाँदा केही समस्या आएको बताउँदै लामिछानेले भने ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’

५ वर्षअघि कञ्चनपुुरकी १३ वर्षीया बालिका निर्मलाको पन्तको बलात्कार पछि हत्या भएको थियो । प्रहरीले घटनालगत्तै स्थानीय दिलीप विष्टलाई पक्राउ गरेको थियो तर उनको डीएनए नमिलेपछि थुनामुक्त भएका थिए ।

त्यसपछि पनि प्रहरीले धेरै व्यक्तिमाथि अनुसन्धान गरेपनि निचोडमा पुुगेको छैन ।