सुनचाँदीको मूल्य बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।