जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन दिनदेखि स्थिर 

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्य तीन दिनयता स्थिर छ । गएको आइतबारदेखि सुन एउटै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, तीन दिनयता सुनको मूल्य यही कायम छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।