जन्मभुमि खबर ,
पोखरा ।
दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ ।
दामोदर चोकमा गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए ।
धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु दुवै जना जवान हुन् ।
टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।
सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । भने धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन् ।
गोली प्रहार गर्ने यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीआईजी कडायतले जानकारी दिए । गोली प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको कडायतले बताए ।