कास्कीको रुपा गाउँपालिकामा नदीजन्य पदार्थको उत्खनन गर्ने ४ सवारी साधन प्रहरीको नियन्त्रणमा
जन्मभुमि खबर ,
पोखरा ।
अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने तिनवटा ट्याक्टर र एउटा टिप्परलाई लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
कास्कीको रुपा गाउँपालिका–७ स्थित पिप्लेबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने चारओटा सवारी साधनहरुलाइ प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ ।
चोरी निकासी भएको सुचनापछि ईलाका प्रहरी कार्यालय शिशुवा डाँडानाकबाट खटिएको प्रहरीको टोलीले चारवटा सवारी साधनलाइ ढुङ्गा , गिट्टी , बालुवा ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
ग १ त २७५५ , ग १ त ६१०३ , ग १ त ७२६९ नम्बरका ट्याक्टरहरु र ग १ ख ६०४९ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रुपा गाउँपालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।