बालेन र हर्कले गरे राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार
जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् ।
बागमती प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार बिहानदेखि प्रदेश राजधानी हेटौँडामा मतदान भइरहेको छ । तर, मेयर बालेन भने मतदान गर्न हेटौँडा गएका छैनन् ।
बालेका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताका कारण मेयर बालेन मतदान गर्न नगएको बताए । ‘कार्य व्यस्तताका कारण उहाँ मतदानका लागि हेटौँडा जानु भएन,’ उनले भने, ‘अब जाने कुरा पनि छैन ।’
यसैगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने आफू मतदानमा सहभागी नहुने बताएका छन् । साम्पाङले मतदानका लागि आफू आउन नभ्याउने जनाएका हुन् ।
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आउनु भएको रहेनछ, तपाईं कतिबेला मत हाल्न आउने भन्ने प्रश्नमा साम्पाङले भने, ‘म भ्याउँदिनँ, भोट हाल्न आउन भ्याउँदिनँ ।’