तनहुँमा दाइको नाममा भाइले ट्रायल दिँदै गरेका पुर्ण थापा मगर पक्राउ
जन्मभुमि खबर ,
पोखरा ।
दाइको नाउँमा भाइले सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन्।
तनहुँको भानु नगरपालिका ४ का सुरेश थापा मगरका भाइले दाजु ३५ वर्षका मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका पूर्ण थापा मगरलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जानकारी दिएको छ।
‘सुरेश थापा मगरको नाममा सहीछापसमेत किर्ते गरी प्रयोगात्मक परीक्षा(ट्रायल) मा सहभागी भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ इप्रका आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर शिव थापाले भने, ‘उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी इप्रका आँबुखैरेनीमा राखेर अनुसन्धान भइरहेको छ।’
लाइसेन्सका लागि यातयात व्यवस्था कार्यालय, बन्दिपुर गाउँपालिका-४ विमलनगरमा ट्रायल परीक्षा भएको थियो ।