पोखराका ५ पत्रकारलाई पुरस्कार
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
पत्रकारहरु सन्देश श्रेष्ठ, कुलचन्द्र न्यौपाने, ओम हमाल, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।
छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए ।
महासंघ कास्कीले प्रदान गर्ने टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई , गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् ।
यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ । प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए ।
यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लागेकी हुन् ।
पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् ।
उनीहरुसँगै सोही दिन पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने उनले बताइन् ।