जन्मभुमि खबर ,
पोखरा ।
कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ ।
आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो ।
यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो ।
पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ ।
नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ । साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ ।