जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जुवातास खेल्दै गरेका ८ जना नगद सहित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जुवातास खेलाइ रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जनालाइ पक्राउ गरेको छ ।

पोखरा वडा नम्बर १२ चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाइ रहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले एक लाख पैतिस हजार नौ सय पचासी रुपैयाँ र ४ बुक तास सहित उनिहरुलाइ नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा पोखरा -१० रामबजार बस्ने ५० वर्षीया पञ्चमाया गुरुङ, पोखरा -३० शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, पोखरा -१२ फुलबारी बस्ने ५२ वर्षीया पुर्णिमा गुरुङ, पोखरा -१६ दिप बस्ने ४६ वर्षीया रूपा गुरुङ, पोखरा – १३ बस्ने ५२ वर्षीय देवी बहादुर गुरुङ, पोखरा -१२ फूलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, पोखरा – १२ चापापानी बस्ने ५२ वर्षीया मैत कुमारी गुरुङ र मकवानपुरको हेटौडा घर भइ हाल पोखरा -११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्णमाया थापा छन् ।

पक्राउ परेकाहरुलाइ जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।