जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका विभिन्न स्थानहरूका बिजुलीका पोलहरुमा केबुल चोर्ने ट्याक्सी सहित २ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका विभिन्न स्थानहरूमा बिजुलीका पोलहरुमा रहेका नेपाल टेलिकमको कपर केबुल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छ्न ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलिले बुधबार रातको ८ बजे पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर स्थित गोस्ते जाने सडक खण्डमा सोही दिशातर्फ जाँदै गरेको ग २ च ५२६ नम्बरको सुजुकी मारुती कारलाइ शंकास्पद लागेर रोकेर चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिट र डिक्किमा टुक्रा – टुक्रा रोलिङ गरेको अवस्थामा फेला परेको छ ।

उनिहरुको साथबाट १०० पीएआईआरको १५३ मिटर, ७० पीएआईआरको १३ मिटर, ५० पीएआईआरको २८ मिटर, ३० पीएआईआरको १०४ मिटर र २० पीएआईआरको ३३ मिटर गरी जम्मा ३३१ मिटर कपर केबुल तारहरु बरामद गरिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने ५८ बर्षका लाल बहादुर नेपाली र भारत मोतिहारी बिहार घर भइ हाल हेम्जा बस्ने ३९ बर्षका श्यामनाथ जैसवाल रहेका छन ।

पक्राउ परेका पुरुषहरुलाइ कास्की जिल्ला
अदालतबाट चोरी तथा डाकाँ सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।