तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले घटेको छ।
छापावाल सुन बुधबार उक्त रुपैयाँले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुन पनि १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन १ लाख १९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँ सस्तिएको छ। अघिल्लो दिन १५ सय प्रतितोलामा कारोबार भएकोमा आज १४ सय ८० रुपैयाँमा कारोबार भएको हो ।