जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीलाई अदालतले जेल सजाय सुनाएपछि दंग मैयाँ नेपाली

जन्मभुमि खबर ,
पोखरा ।

जातीय दुर्व्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छिन्।

कास्की जिल्ला अदालतको फैसलाको खुसियालीमा संयुक्त दलित सङ्घर्ष समिति कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वडा सदस्य नेपालीले उक्त मुद्दामा आफूले न्याय पाएको बताइन्।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय दुर्व्यवहार गरेको भन्दै उनले २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिइन्।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद, रु ७५ हजार जरिवाना र रु १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

 

पोखराका वडाध्यक्षलाई छुवाछुतको कसुरको आरोपमा साढे ४ महिनाको कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला