जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आजदेखि प्रथम केपी ओली कप क्रिकेट

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आजबाट प्रथम केपी ओली कप राष्ट्रिय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदै छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रातो र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन एकडेमीका संरक्षक तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गर्नेछन् ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडल त्रिभुवन आर्मी क्लबबाट खेल्नेछन् । सन्दीप लामिछानेले बागमती प्रदेशको कप्तानी गर्दा दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको केपी ओली कपमा सबै राष्ट्रिय खेलाडीले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताका लागि दुईवटा पिच तयार पारिएको छ भने अस्थायी भीआईपी तथा दर्शक प्यारापिट निर्माण गरिएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, ३ विभागीय टोली र आयोजकका २ टिम रातो र नीलोसहित १२ टिमको सहभागिता रहनेछ ।