जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा पाँच सयले बढ्यो सुनको भाउ

जन्मभुमि खबर ,
पोखरा ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।

आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।