जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा भलिबल खेलेर फर्किने क्रममा सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । थापाको स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।

२२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।