जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।