जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीकाे नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए ।

‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइदियौँ,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।

उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् । थप प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ ।

उनीहरू पहिले नेपालकै नागरिक हुन् । अहिले पूर्ण रूपमा भारतीय नागरिकता लिएका कारण नेपाली मूलका भए पनि फर्काइएको हो । भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइएको हो ।