जन्मभुमि खबर ,
पोखरा ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले घटाएको छ । काठमाडौंसहित विभिन्न गन्तव्यमा जाने यात्रुवाहक सवारीको भाडा घटाइएको विभागले जनाएको छ ।
विभागको सूचीअनुसार, काठमाडौं–पोखरा सामान्य बसको भाडा ७८३ रुपैयाँ कायम गरिएको छ । डिलक्स बसको भाडा ९४० र सुपर डिलक्समा एक हजार १२८ रुपैयाँ भाडा लाग्नेछ ।
काठमाडौं–बुटवल सामान्य बसको भाडा ९४८, डिलक्सको एक हजार १३८ र सुपर डिलक्सको एक हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं–बुटवल सामान्य बसको भाडा ९४८, डिलक्सको एक हजार १३८ र सुपर डिलक्सको एक हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।
भाडादर हेर्नोस्–