जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा प्याराग्लाइडिङ उडाउने पाइलटको मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा २३ पामेमा पाइलटको मापसे चेक गरेको हो ।

प्याराग्लाइडिङ दुर्घटना न्यूनीकरण गर्ने अभियान अन्तर्गत मापसे चेकजाँच गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कसैले पनि मापसे नगरेको भेटिएको छ ।

यसअघि प्रहरीले फेवातालमा डुंगा चलाउनेहरुको पनि मादक पदार्थ सेवन गरे/नगरेको चेक गरेको थियो । त्यसअघि डुंगा चालकहरुकै लागु पदार्थ चेकजाँच पनि भएको थियो ।

केही समयअघि प्याराग्लाइडिङ पाइलटले लागु औषध प्रयोग गर्ने गरेको गुनासो बढेको थियो । केही पाइलटहरु छानबिनकै दायरामा छन् ।