जन्मभुमि खबर ,
पोखरा ।
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ ।
साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोसम्भावना रहेको छ ।
आज राति गण्डकी , कोशी, मधेश, बागमती र प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।