जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
भारताबाट इन्धनको मूल्य बढेर आएसँगै शनिबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउँदा खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ बढाएको छ।
योसँगै काठमाडौं अब पेट्रोलको मूल्य लिटरको १८५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य १७९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ।
निगमले हवाई इन्धनको मूल्य पनि लिटरमा ८ रुपैयाँले बढाएको छ। आन्तरिकतर्फ १४४ रुपैयाँ प्रतिलिटर पुग्दा अन्तर्राष्ट्रियतर्फ १.०३५ डलर प्रतिलिटरबाट १.०९५ डलर प्रतिलिटर पुगेको छ।