सुनचाँदीको मूल्य बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।