जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल केन्पोकाई एसोसिएसन नेपालको पोखराको बेल्ट टेस्ट सम्पन्न

नेपाल केन्पोकाई एसोसिएसन नेपालको पोखराको बेल्ट टेस्ट सम्पन्न  भएको छ। ।नेपाल केन्पोकाई एसोसिएसन नेपालका केन्द्रिय कार्यावाहक अध्यक्ष श्री हरि बहादुर खडका नारज ज्यु को प्रमुख अतिथ्यता तथा मुख्य प्रशिक्षणमा रहेको थियो।कार्यक्रम पोखरा रंगशालाको करातेहलामा भएको थियो भने २५० जना प्रशिक्षार्थीको सहभागीता रहेको  थियो। कास्की जिल्लाका ढिकुर पोखरी डोजो, छोरेपाटन डोजो , लेकसाईड डोजो, चाईनिज गुम्बा डोजो, एक्स आर्मी डोजो , वेस्ट पोइन्ट डोजो र रंगशाला डोजो लागाएतका डोजोका डोजो प्रमुख र प्रशिक्षार्थीहरु बिच भएको पेटी परिक्षा Belt Test मा कियोन , काता र कमैते तिनै प्रणालीमा परिक्षा सप्पन्न भएको हो । परिक्षाकै क्रममा केन्द्रिय कर्याबवाहक अध्यक्ष ले अब छिट्टै प्रत्येक प्रदेशमा चुस्त दुरुस्त कार्यासमिती गठन गर्ने योजना रहेको बताउनु भयो । कार्यक्रम संचालन सन्जय भण्डारिले गरेका थिए ।