जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो 

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य घटाएको छ । ग्यासको मूल्यप्रति सिलिन्डर १० रुपैयाँले घटाएर १७९० रुपैयाँ कायम गरिएको छ ।

आज राति १२ बजेबाट लागू हुने मूल्यअनुसार पट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने अन्य ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।

डिजलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यका बाहिर पोखरामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।

यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।