जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश योजना आयोग सदस्यमा अन्चला नियुक्ति ।

रमेश पोख्रेल /असार २६, पोखरा ।    गण्डकी प्रदेश सरकार नीति तथा योजना आयोग सदस्यमा पोखरा निवासी अन्चला चौधरी नियुक्ति हुनुभयको छ । गण्डकी प्रदेश सरकार मन्त्रीपरिषको असार १९ गतेको निर्णय अनुसार गण्डकी प्रदेश निति तथा योजना आयोग गठन तथा कार्यसन्चालन २०७८ बमोजिम नियुक्ति गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । सन् २०१२ मा त्रिभुवन विश्व विद्यालय समाजशास्त्र विषयमा गोल्ड मेडलिस्ट चौधरीको मंगलबार प्रदेश निति तथा योजना आयोगमा आयोजित कार्यक्रम उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटाले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।