जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१९ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक खण्ड

जन्मभुमि खबर ,
पोखरा ।

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ। गएराति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।
चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोलाको पुलमा पहिरो खसेको थियो। बिहीबारदेखि उक्त स्थानमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ।

पहिरोका कारण यात्रुले सास्ती पाएका थिए। बाटो खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका छन्। लामो समय जाम भएको कारण सवारी पास हुन समय लाग्ने बताइएको छ।