जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

डा. बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिव नियुक्त गरेको हो । हालसम्म कायम शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको हो ।

अर्याल यही ३ असारमा ५ वर्षे सेवाअवधिका कारण सचिवबाट निवृत्त हुँदैथिए । उनी ३ असार ०७५ मा सचिव भएका थिए । कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउने छैनन् । मुख्यसचिवको पदावधि ३ वर्ष हुने व्यवस्था छ ।

बैरागीको कार्यकाल आगामी असोजसम्म भए पनि सुरक्षा सल्लाहकारको नियुक्ति दिएर सरकारले अर्याललाई मुख्यसचिव बनाएको हो ।  पूर्वरक्षासचिव आत्माराम पाण्डेले यसकाे विराेध गरेका छन् । उनी  भन्छन्-  सुरक्षा सल्लाहकार पद पनि छैन, वैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर वैरागीलाई नियुक्ति गरियो ।