जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य ३ सयले बढ्यो

सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  तीन सय रुपैयाँले बढेर  प्रतितोला सुनको मूल्‍य १ लाख  १० हजार ९०० पुगेको छ ।

तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।