जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सातौं पोखरा ‘स्पोर्ट्स अवार्ड’ को चार विधाका मनोनयन सार्वजनिक

जन्मभुमि खबर ,
पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले आज पोखरामा कार्यक्रम आयोजना गरी चार विधामा मनोनयनमा पर्न सफल भएका तीन÷तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । यही बैशाख २३ गते शनिबार पोखरा सभागृहमा अवार्ड वितरण कार्यक्रम हुनेछ ।

गत वर्ष आयोजना गरिएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी तथा प्रशिक्षकले प्राप्त गरेको उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी ( बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का(कास्की) मनोनयनमा पर्नुभएको छ ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीका रोजिना थापा मगर(बागलुङ), फुटवलकी सावित्रा भण्डारी(लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर (बागलुङ) रहनुभएको छ ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ(स्याङ्जा), लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार(कास्की) मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।