जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी आधारभूत विद्यालय मा फोहर व्यवस्थापन सम्बन्धि सचेतन कार्यक्रम सम्पन्न

रामदी आधारभूत विद्यालय मा फोहर व्यवस्थापन सम्बन्धि सचेतन कार्यक्रम सम्पन्न भएको छ।   गाउँ र घरमा बाट निस्कने फोहरलाई कसरी व्यवस्थापन गर्ने सकिन्छ  भनेर रशियन नागरिक मोनालिस तथा उनका सहकर्मी साथीहरूले सहभागीहरुलाई जानकारी दिएका थिए।कार्यक्रममा प्लास्टिक ,प्रंगारिक, पेपर तथा रिजेक्ट बस्तुहरु फरक फरक गरेर वर्गीकरण कसरी गर्ने भन्ने सम्बन्धि बिषयमा जानकारी गराएका हुन ।        सहभागीहरुलाई घर र बाटोमा भएका फोहर संकलन गरि   बिद्यालय हातामा निर्माण गरिएको फोहर संकलन स्थानमा ल्याएर फोहर वर्गीकरण गर्न सिकाएका थिए । कार्यक्रम  बिद्यालय का शिक्षक, बिद्यार्थी,अभिभावक तथा बिद्यालय व्यवस्थापन समितिका व्यक्तिहरुको सहभागीता रहेको थियो। सो कार्यक्रममा फोहर व्यवस्थापन समिति निर्माण गरिएको छ जस्मा ५ जाना विद्यार्थी र २ जाना शिक्षक रहेका छन्।घरघरबाट  निश्कने फोहर   घरमै व्यवस्थापन गर्नसकेमा वातावरण सफा राख्न सकिने जनाएका थिए।