सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो
साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार १५ रूपैयाँ घटेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।