पोखरा बिरौटामा इन्द्रप्रसादले गरे आत्मदाह
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित समृद्धि मार्ग निवासी ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए ।
मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।
‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।