जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तालको बिचमा रहेको ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ ।

भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले गर्ने उनले बताए ।

मन्दिर पुनःनिर्माणका लागि करिब एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिइन् । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोगको आश्वासन आएको उनले बताइन् । प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ ।

फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ । मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो ।