जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुफैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा किनबेच भएको छ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार पनि तोलामा ५ रुपैयाँ घटेको चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।