तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य
साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दा प्रतितोला १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।