जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो।

यसअघि हिजो सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक लाख तीन हजार नौ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य एक लाख तीन हजार चार सय तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेको छ। चाँदी आज प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।