मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।
सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
अनधिकृतरूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने भन्दै भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।
सरकारले विदेशबाट फर्कने नेपालीले एकथान मोबाइल ल्याउँदा पनि १८ प्रतिशत कर लिन लागेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले त्यसको विरोध गर्दै आएका थिए।
उनीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा विरोध जनाइरहेका थिए।